काठमाडौं – सरकारले आज असार ३ गते सोमबार सार्वजनिक बिदा दिएकोले शेयर बजार नखुल्ने भएको छ। इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र इदका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।
त्यसैले आज शेयर बजारसँगै बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालय पनि बन्द रहने छन्। सार्वजनिक बिदा भएपनि अधिकांश बैंकहरूले विभिन्न शाखामाफर्त सेवा दिइरहेका छन्। शेयर बजार भने अब असार ४ गते मंगलबार खुल्नेछ।



About Us
प्रतिक्रिया