काठमाडौं – सरकारले निजी क्षेत्रलाई १९ हजार मेट्रिक टन चिनी आयात गर्न दिने भएको छ। उद्योग विभागले एक सूचना जारी गर्दै भारतको नेशनल को–अअपरेटिभ एक्पोर्ट लिमिटेडले नेपालमा निर्यात गर्ने २५ हजार मेट्रिक टन चिनीको कोटाबाट निजी क्षेत्रलाई १९ हजार मेट्रिक टन चिनी आयात गर्न दिने जनाएको हो।
उद्योगहरुलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्न दिने गरी आयात गर्न दिन लागिएको विभागको भनाइ छ । इच्छुक उद्योगहरूले सात दिनभित्र विभागमा आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ।







About Us
प्रतिक्रिया