सलिकोको ६४ हजार कित्ता संस्थापक शेयर लिलामीमा, न्यूनतम मूल्य कति ?


काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले  ६४ हजार कित्ता बढी संस्थापक शेयर लिलामीमा राखेको छ। कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको आफ्नो ६४ हजार ६१२ कित्ता शेयर लिलामीमा राखेको हो। 

न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपियाँ तोकिएको यो शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनी तथा सर्वसाधारणले किन्न पाउनेछन्। शेयर खरिदका लागि न्यूनतम पाँच हजार र बढीमा प्रस्तावित सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।

इच्छुक लगानीकर्ताले काठमाडौं, नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) मा गोप्य असार २ गते देखि असार ९ गते शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।