काठमाडौं – संघीय संसद् सचिवालयका कर्मचारीले तलब वृद्धिको माग गर्दै धर्ना दिएका छन्। आइतबार संघीय संसद् सचिवालयका कर्मचारी युनियनको अगुवाइमा महासचिवको कार्यकक्षमा धर्ना बसेका हुन्।
उनीहरूले तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधा वृद्धिको माग गरेका छन्। कर्मचारीले १० बजेदेखि ११ बजेसम्म महासचिवको कार्यकक्षमा धर्ना दिएका हुन्। यसअघि देखि नै आन्दोलनमा रहेका कर्मचारीको यो दोस्रो चरणको आन्दोनल हो।






About Us
प्रतिक्रिया