चितवन – सौराहा नेपालकै तेश्रो पर्यटकीय गन्तव्य। जसका कारण वन वन्यजन्तु तथा जौविक विविध हेर्न स्वदेशी देखि विदेशी पर्यटक आउने गर्दछन् । यहाँ सफारी पर्यटनमा रम्न उनीहरु लालाहित हुन्छन्। तर हिजोआज यहाँ आउने पर्यटकहरु मात्र होईन् व्यवसायी पनि हैरान भएका छन्। बिहानैदेखि लाग्ने चर्को घामले आफु बसेको ठाँउबाट निस्कने अवस्था छैनन्। अत्यधिक गर्मीका कारण दैनिकी कष्टकर बनेको छ। मजदुरवर्ग जीविका चलाउन अत्यधिक गर्मीका बाबजुद काम गर्ने गरेका छन् भने धेरैजसो सर्वसाधारण जरुरी काम बाहेक घरमै बस्ने गरेका छन् ।
तर, बिना जानकारी जुनसुकै समयमा नेपाल विद्युत् प्राधिकरणले दैनिक लाइन काट्ने गरेको हुँदा सौराहाका सर्वसाधारण मात्र हाेइनन् यहाँ रम्न आउने पर्यटक पनि हैरान बनेका छन्। विद्युत् प्राधिकरणले अनावश्यक रूपमा पटकपटक लाइन काट्ने गरेपछि सर्वसाधारण आक्रोशित बन्ने गरेका छन्। नियमित रूपमा विद्युत् आपूर्ति भए पनि लो भोल्टेजका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।
बिना कुनै जानकारी लाइन काट्ने र विद्युत् आपूर्ति हुँदासमेत लो भोल्टेजका कारण विद्युत्सँग सम्बन्धित काम गर्नेहरू बढी मारमा परेका छन् । लो भोल्टेजले केही नचलेपछि जेनेरेटर चलाउनुपर्ने बाध्यता छ । जेनेरेटर चलाउँदा खर्च चार गणा बढी हुने गरेको छ । भोल्टेज कम हुँदा सौराहाका व्यवसायी मारमा परेका छन् । ‘आएका पर्यटक फर्कने बाध्यता छ’ जंगल सफारी लजका संचालक सुमन घिमिरेले भने, ‘विद्युतीय उपकरणले काम नगर्दा पर्यटकलाई सेवा दिन सकेका छैनौ।’
सौराहाको विद्युत् प्रसारण लाइनमा कम भोल्टेजको समस्या छ। दुई सयभन्दा माथि हुनुपर्नेमा १ सय ७० को हाराहारीमा भोल्टेज हुन थालेपछि सौराहाका व्यवसायी होटल छोडेर प्राधिकरण धाउन बाध्य भएका छन्। सौराहाका युवा व्यवसायी विकल दाहालले भने, ‘ एक महिनायता कतिबेला लाइन आउँछ, कतिबेला जान्छ कुनै पत्तो हुँदैन। जतिबेला पनि झ्याप्प झ्याप्प आउने जाने गर्छ उनले भने लाइन आए पनि भोल्टेज नै हुँदैन।’ लाइन दिए पनि भोल्टेज आउँदैन।’ दिनरात जुनसुकै समयमा लाइन काट्ने गरेको हुँदा आवश्यक परेको बेला लाइन नहुने गरेको उनले गुनासो गरे । सौराहा घुम्न काठमाडौंदेखि आएका पर्यटक कृष्ण श्रेष्ठले भने गर्मी उस्तै घुमेर आयो शिलत पाउनु कता लाइन काटेर हैरान भईयो ।
विद्युत् प्राधिकरण वितरण केन्द्र रत्ननगर टाँडीको लापरबाहीका कारण गर्मी मौसममा सौराहाका व्यवसायी र पर्यटकहरू लो भोल्टेज र अनियमित रूपमा विद्युत् कटौती हुने समस्याले हैरान बनेको रेवान सौराहाका अध्यक्ष धुव्र गिरीले जानकारी दिए । उनले भने गर्मीका बेला दिनमा मात्रै होइन रातभर पनि विद्युत् आउने र जाने समस्याले सौराहा क्षेत्रका उपभोक्ताहरु हैरान छन्। विद्युत् प्राधिकरणलाई नियमित शुल्क बुझाउँदै आए पनि आफूहरूले सोहीअनुसारको सेवा पाउन नसकेको स्थानीय राजन भट्टले गुनासो गरे । उनी गुनासो गर्दै भन्छन्, ‘उपभोक्ताले के–को लागि विद्युत् प्राधिकरणलाई शुल्क तिरेको ? त्यसैअनुरूप सेवा दिने व्यवस्था गर्नुपर्छ कि पर्दैन ?’
यता नेपाल विद्युत् प्राधिकरणले विनाकारण विद्युत् कटौती नगरिएको जनाएको छ। नेपाल विद्युत् प्राधिकरण टाँडी वितरण केन्द्रका प्रमुख राजेन्द्र चौधरीले भण्डाराको हर्दिमा बनेको सब स्टेसनबाट ३५ केभीको विद्युत् पर्सामा ल्याउने काम स्थानीयको अबरोधले रोकिएपछि लो भोल्टेज हटाउन नसेको बताए।






About Us
प्रतिक्रिया