काठमाडौं – आज अर्थात् असार २ गतेदेखि असार ८ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्यत् प्राधिकरणले कीर्तिपुर, कुलेश्वर, बानेश्वर र जोरपाटी वितरण केन्द्रअन्तर्गतका विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि विद्युत् कटौती गर्न लागिएको जनाएको छ।
विद्युत् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कटौती हुनेछ। आज (असार २ गते) डाँची फिडरअन्तर्गतको मूलपानी पिपलबोटदेखि बाबाचोकसम्मको क्षेत्रमा बिजुली हुने छैनन्। त्यस्तै, ३ गते कालीमाटी फिडरअन्तर्गत रविभवनदेखि कलंकी मन्दिरसम्म, ४ गते कोटेश्वर फिडरअन्तर्गत तीनकुने पुलदेखि महादेवखोला पुलसम्म र ५ गते कीर्तिपुर फिडरअन्तर्गत पाँगा सडक क्षेत्रमा विद्युत् आपूर्ति हुने प्राधिकरणको भनाइ छ।
त्यस्तै, ६ गते ताहाचल फिडरअन्तर्गतको कालीमाटी चोक क्षेत्र, ७ गते बौद्ध क्षेत्र र ८ गते नगाउँ क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने भएको छ।




About Us
प्रतिक्रिया