आइतबारदेखि काठमाडौंका यी स्थानमा एक हप्ता विद्युत् सेवा अवरुद्ध हुने


काठमाडौं –आइतबार (असार २ गते) देखि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती हुने भएको छ। नेपाल विद्यत् प्राधिकरणले कीर्तिपुर, कुलेश्वर, बानेश्वर र जोरपाटी वितरण केन्द्रअन्तर्गतका विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि विद्युत् कटौती गर्न लागिएको जनाएको छ।

विद्युत् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कटौती हुनेछ। असार २ गते डाँची फिडरअन्तर्गतको मूलपानी पिपलबोटदेखि बाबाचोकसम्मको क्षेत्रमा बिजुली हुने छैनन्। त्यस्तै, ३ गते कालीमाटी फिडरअन्तर्गत रविभवनदेखि कलंकी मन्दिरसम्म, ४ गते कोटेश्वर फिडरअन्तर्गत तीनकुने पुलदेखि महादेवखोला पुलसम्म र ५ गते कीर्तिपुर फिडरअन्तर्गत पाँगा सडक क्षेत्रमा विद्युत् आपूर्ति हुने प्राधिकरणको भनाइ छ।

त्यस्तै, ६ गते ताहाचल फिडरअन्तर्गतको कालीमाटी चोक क्षेत्र, ७ गते बौद्ध क्षेत्र र ८ गते नगाउँ क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने भएको छ।