काठमाडौं – उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भ्रष्टाचार पुष्टि नभएको भन्दै तत्कालीन महाप्रबन्धकसहित ८ जनाले सफाइ पाएका छन् । विशेष अदालतले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भ्रष्टाचार पुष्टि नभएको भन्दै तत्कालीन महाप्रबन्धकसहित सबैलाई सफाइ दिएको हो।
बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले सुनुवाइ गर्दै तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनालाई सफाइ दिएको हो।
अख्तियारले यस मुद्दामा उद्योगका तत्कालीन महाप्रबन्धक पौडेल र नायब महाप्रबन्धक नवलकिशोर साहका साथै तत्कालीन कायममुकायम उपनिर्देशक पवनकुमारलाल कर्ण, उद्योगका तत्कालीन प्रबन्धकहरू भरतप्रसाद नेपाल, कमलराज पौडेल र नवौँ तहका अधिकृत डेमलाल खनाल उद्योगका दुई निर्देशक ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेलाई समेत प्रतिवादी कायम गरिएकोमा सबैले सफाइ पाएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध उद्योगमा अनावश्यक सामग्री खरिद गरेको आरोपमा २२ लाख ७८ हजार भ्रष्टाचार गरेको अभियोगपत्र दायर गरेको थियो।






About Us
प्रतिक्रिया