काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी मागेको छ । कम्पनीले दरखास्त आह्रवान गर्दै कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा केही संख्यामा आवेदन माग गरेको हो ।
यसका लागि कम्तीमा एसईई वा सो सरहको परीक्षामा १.६ जीपीए प्राप्त गरेको हुनुपर्नेछ। उमेरको हदमा पुरुष २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने र महिलाको हकमा माथिल्लो उमेरमा ५ वर्ष थप हुने संस्थाले जनाएको छ।
योग्य तथा इच्छुक नागरिकले वेवसाइट www.swbbl.com.np मार्फत् १५ दिनभित्र दरखास्त आवेदन दिनुपर्नेछ।




About Us
प्रतिक्रिया