काठमाडौं – प्रुडेन्सियल क्यापिटल म्यजनेजमेन्ट कम्पनी प्रालिले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले कुमारी बैंक लिमिटेडको नाममा रहेको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो। विद्यमान संस्थापक शेयरधनी तथा जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले यो शेयर खरिद गर्न पाउनेछन् ।
शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यो शेयर खरिदका लागि न्यूनतम ५० हजार कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ। इच्छुक खरिदकर्ताले प्रतिस्पर्धात्मक बोलकबोलमार्फत सात दिनभित्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको कार्यालय थापाथलीमा आइपुग्ने गरी गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ।



About Us
प्रतिक्रिया