काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई खराब सूचीमा राखेको छ। विभिन्न निकायबाट खराब सूचीमा राख्न सिफारिस भई आएका १३ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको जेठ १७ गतेको निर्णयअनुसार खराब सूचीमा राखेको हो।
खराब सूचीमा परेकाहरूले एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउने छैनन्। जिल्लाका निकायहरूले खराबसूचीमा सिफारिस गरेका विभिन्न निर्माण कम्पनीहरूलाई कार्यालयले १ देखि ३ वर्षसम्मका लागि खराब सूचीमा राखेको हाे।
कार्यालयले फ्रेन्ड्स ट्रेडिङ कन्सर्न ललितपुर, स्टार इन्फ्रा एन्ड डेभलोपर्स प्रालि धनुषा र बाबा माइनचन्द इन्टरनेशनल भोटेबहालाई तीन–तीन वर्षका लागि खराब सूचीमा राखेको छ। यसैगरी, अन्य निमार्ण कम्पनीलाई क्रमशः दुई वर्ष, एक वर्ष र ६ महिनाका लागि खराब सूचीमा राखेको छ।




About Us
प्रतिक्रिया