धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी नवराज अधिकारीलाई


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रवत्ताको जिम्मेवारी कार्यकारी निर्देशक डा. नवराज अधिकारीले पाएका छन्।

धितोपत्र बोर्डमा अध्यक्षको जिम्मेवारी पाएका अर्थ मन्त्रालयका प्रतिनिधि नरेन्द्रकुमार रानाले बिहीबार अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्।

अधिकारीले धितोपत्र बोर्डमा अनुसन्धान विभागको नेतृत्व गरिरहेका छन्। यसअघि धितोपत्र बोर्डमा कार्यकारी निर्देशक डा. मुक्तिनाथ श्रेष्ठ प्रवक्ताको भूमिकामा थिए।