तीन साथीको मिहिनेतको प्रतिविम्ब ‘लुमियर नेपाल’

तीन साथीको मिहिनेतको प्रतिविम्ब ‘लुमियर नेपाल’


काठमाडौं – नेपाल बहुआयामिक सम्भावनाको देश हो। प्राकृतिक स्रोत साधनले सम्पन्न नेपाल, सौन्दर्यले मात्र नभएर स्रोत साधनले पनि भरिपूर्ण छ, तर यती बेला नेपालको समस्यामध्येको प्रमुख समस्या भनेकै बेरोजगारी हो। देशमा काम सजिलै नपाइने, सानो लगानीमा केही गर्न पनि नसकिने, उद्यम गर्न वित्तीय सहयोग नहुनु लगायतका कारणले युवाहरूको गुनासोले चारै दिशा गुन्जिएको छ। 

जति बाक्लो बादल लागे पनि एक दिन घाम लाग्ने आशा भए जस्तै सबै कुरा सुल्झिएर नेपालमा लगानीमैत्री वातावरण सिर्जना हुनेछ भन्ने आशा गर्ने ठाउँ नभएको होइन। वर्तमान अवस्थामा  विदेसिने विकल्पको पनि विकल्प रुपी आशाका किरण बनेर  केही युवाहरू उदाइरहेका पनि देख्न सकिन्छ। जसले देशमै केही हुन्छ भन्ने प्रेरणा मिलेको छ। उद्यमको क्षेत्रमा केही महिलाहरूको सक्रियताले सामाजिक न्याय मात्र नभएर देशको आर्थिक पाटोमा सकारात्मक प्रभाव पारिरहेको छ। यस्तै सम्भावना, आत्मविश्वासमा व्यावसायिक यात्रामा अघि बढिरहेका तीन महिलाको चर्चा गरौँ । 

दक्षता भन्छिन्, ‘स्वीकृतिले दिएको उपहार मलाई निकै मन परेको थियो’। त्यसबाट नै स्वीकृतिसँग मिलेर यसैसँग सम्बन्धित व्यवसाय गर्ने योजना बनाए।’

सम्भावनाको किरण ‘लुमियर नेपाल’ को यात्रा

लुमियर नेपालका एक सञ्चालक स्वीकृति न्यौपानेलाई सानैबाट ‘क्राफ्ट’ मा रूचि थियो । स्वीकृतिले लुमियरकी अर्की सञ्चालिका दक्षताको अठारौँ जन्मदिनमा कार्ड बोर्डबाट सजावटको सामग्री बनाएर उपहार दिएकी थिइन् । दक्षता भन्छिन्, ‘स्वीकृतिले दिएको उपहार मलाई निकै मन परेको थियो’। त्यसबाट नै स्वीकृतिसँग मिलेर यसैसँग सम्बन्धित व्यवसाय गर्ने योजना बनाए।’ यससँगै सुरु भयो ‘लुमियर नेपाल’उनीहरूले बिस्तारै यसको सम्भावनाको बारेमा खोजी गर्दै गए। उनीहरूले राम्रो अनुभव संकलन पछि अन्त्यमा व्यवसाय गर्ने टुगोंमा  पुगेका हुन्। उनीहरूले लुमियर नेपालको नामबाट इन्स्टाग्राम एकाउन्ट (खाता) बनाए । बिस्तारै काम सुरु गर्दै जाँदा ग्राहकहरूबाट राम्रो प्रतिक्रिया आएपछि उनीहरू यो कामलाई नै दत्तचित्तले निरन्तरता दिँदै जाने निर्णय गरे ।

स्वीकृतिले भनिन्, यस्ता सामान खोज्ने ग्राहकलाई सेवा दिन सकिन्छ भनेर सामान थप्यौँ। लुमियर नेपालले काठमाडौं उपत्यकाबाहिर पोखरा, बुटवल, र चितवनसम्म सामान पुर्‍याएको छ। विदेशमा अस्ट्रेलियासम्म पनि पुगेको छ । 

के हो त लुमियरको विशेषता ?
लुमियर नेपाल २०७५ सालदेखि सुरु भएको हो। लुमियरमा  विभिन्न उपहार दिन सकिने सामानहरू पाइन्छ। घर सजावटको सामान विभिन्न डिजाइनको लागि सजावटका सामान, उपहारका सामानहरू जस्तैः एल्बम, ब्रेसलेट आदि पाउन सकिन्छ। यी सामग्रीमा ग्राहकको चाहनाअनुसार कस्टमाइज पनि हुन्छ। लुमियरको मुख्य विशेषता भनेको सामान बनाउँदा दिइने लगाव नै हो। लुमियरको अर्की पार्टनर साम्राज्ञी न्यौपाने भन्छिन् , ‘लुमियरको विशेषता नै हाम्रो सानो सानो कुराको लागि हामीले दिएको लगन हो । लुमियरको सञ्चालन र विस्तार यति तीव्र गतिमा होला भन्ने उनीहरूले सोचेकै थिएनन्। तर विगत पाँच वर्षदेखि सजावट र गिफ्ट दिन चाहने ग्राहकहरुको पहिलो रुचीनै लुमियर भएकाेमा आफूलाई खुसी लागेकाे बताउँछिन् । लुमियरले हस्त निर्मित सामग्रीसँगै उपहारका आधुनिक सामान पनि बेच्छ। आधुनिक सामान अन्तर्राष्ट्रिय थोक बजारबाट आयात गर्छन् । विस्तारै प्रतिस्पर्धात्मक बजारमा आफू विस्तार हुने क्रममा अन्तर्राष्ट्रिय बजारमा उपलब्ध सामान पनि बेच्ने आइडिया आयो, स्वीकृतिले भनिन्, यस्ता सामान खोज्ने ग्राहकलाई सेवा दिन सकिन्छ भनेर सामान थप्यौँ। लुमियर नेपालले काठमाडौं उपत्यकाबाहिर पोखरा, बुटवल र चितवनसम्म सामान पुर्‍याएको छ। विदेशमा अस्ट्रेलियासम्म पनि पुगेको छ। 

‘विदेश जानु पर्छ भन्ने कहिले पनि लागेन’
नेपालमा सम्भावना नदेखेर विदेसिनेको सङ्ख्या बढ्दै गर्दा उनीहरूलाई भने कहिले पनि विदेश जानुपर्छ भन्ने साेच नआएको बताउँछन्। ‘नेपालमा नै धेरै सम्भावना छ हामीले देखेका छौ । त्यसैले विदेसिनु पर्छ भन्ने लाग्दैन ।’ आ-आफ्ना परिवारका सदस्यहरूले पनि सहयोग गरेको  र प्रोत्साहन पाएका कारण पनि व्यवसाय विस्तारको गति बढेको उनीहरू बताउँछन् ।

‘सुरुमा उमेर सानै भएको कारण पनि बैंकले पनि व्यावसायिक खाता खोलिदिन गाह्रो मानेको थियो । नेपालमा प्रोत्साहन नभएको कारण पनि धेरै युवाहरू नेपाल बस्न नरुचाइरहेका हुन् ।’

चुनौतीको विषयमा लुमियरको सञ्चालिकाहरूको धारणा 
व्यवसाय सुरुवात गर्नु नै सुरुमा एउटा चुनौती हो । त्यो भन्दा पनि नेपालकाे राजनीति परिवेशमा आफ्नो व्यवसायलाई सरकारी नीति नियम पुरा गरी दिर्घकालिन रुपमा निरन्तरता दिन सक्नु नै एक व्यावसायिक  चुनौती हो। यस्तै विषयमा लुमियरको सञ्चालिकाहरूको पनि नराम्रो भोगाइ छ । सरकारी नीति नियम अनुसार नै व्यवसायलाई आफै दर्ता गर्न जाँदा नराम्रो व्यवस्था पाएको विडम्बना सुनाउँदै उनीहरू भन्छन्, ‘हामीले बिना दलाल नै सबै काम गर्न खाेज्दा, सानै उमेर त्यही माथि महिला उद्यमी भएको कारण गरिने व्यवहारमा धेरै फरक पायौ ।’ विशेष त अनलाइन व्यवसायको कुनै पनि नियम नभएको कारण पनि सुरु-सुरुमा धेरै गाह्रो भएको उनीहरू बताउँछन्। ‘सुरुमा उमेर सानै भएको कारण पनि बैंकले पनि व्यावसायिक खाता खोलिदिन गाह्रो मानेको थियो । नेपालमा प्रोत्साहन नभएको कारण पनि धेरै युवाहरू नेपाल बस्न नरुचाइरहेका हुन् ।’ यो सबै हुदाँहुँदै पनि ग्राहकहरूबाट अनलाइ बाटै विश्वास जित्नु अर्को चुनौती रहेको बताउँछन् । ‘हामी पनि अनलाइन सपिङ्ग गर्नुभन्दा अगाडि धेरै चोटि सोच्ने गर्छौँ । त्यसैअनुरूप हामीले ग्राहकहरुबाट पनि विश्वास जित्न सफल भयौ यो नै हाम्रो लागि खुसी हो ।’

‘नेपालमा अवसरको खानी छ तर साथमा चुनौतीहरू पनि त्यतिकै छ ’
नेपालमा आफूहरूले सम्भावना देखेसँगै चुनौतीहरू पनि धेरै रहेको उनीहरूको भनाइ छ। उनीहरू भन्छन् ,‘आफ्नो के योजना हो, आफूले के गर्न खोजेको हो बुझेर अघि बढियो भने सबै सम्भव छ।’ चुनौतीभित्रका असीमित अवसरलाई चिनेर आफूले आफूलाई प्रेरित गर्न सक्दा सफलताले आफैँ पछ्याउने उनीहरूको बुझाई छ।