काठमाडौं–नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ७ जनाले आवेदन दिएका छन् । कम्पनीले गत फागुन ७ गते सीईओमा दरखास्त आह्वान गरेको थियो। कम्पनीमा खुला प्रतियोगिताबाट सीईओ पदपूर्ति गर्न दरखास्त आह्वान गरेको थियो। इच्छुक उम्मेदवारले हिजो फागुन २७ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
अन्तिम दिनसम्म ७ जनाले आवेदन दिएका हुन्। आवेदन दिनेमा श्रीमान कार्की, दामोदर भण्डारी, सुरेन्द्र थापा, उज्ज्वलराज अर्याल, शेखर बराल, नारायणकुमार भट्टराई र बुद्धकाजी श्रेष्ठ छन्।
प्रतिक्रिया