उपभोक्ता मूल्यवृद्धि ५ प्रतिशत

उपभोक्ता मूल्यवृद्धि ५ प्रतिशत


काठमाडौं– माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ५.०१ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कअनुसार उपभोक्ता मूल्यवृद्धि खुम्चिएको हो ।

गत वर्षको माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ७.८८ प्रतिशत रहेकोमा यो वर्षको सोही अवधिमा उपभोक्ता मूल्यवृद्धि २.८७ प्रतिशतमा सीमित रहेको हो । यसमध्ये पेय पदार्थ समूहको मूल्यवृद्धि ६.५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.८५ प्रतिशत रहेको विवरणमा उल्लेख छ ।