संसद् भवन पसेका लघुवित्त पीडितहरू हाजिरी जमानीमा छुटे

संसद् भवन पसेका लघुवित्त पीडितहरू हाजिरी जमानीमा छुटे


काठमाडौं – संसद् भवनमा पसेका लघुवित्त पीडितहरूलाई प्रहरीले छाडेकाे छ । सरकारको चौतर्फी विरोधपछि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पसेका लघुवित्त पीडितलाई प्रहरीले छाडेको हाे ।

संसद् बैठक चलिरहेका बेला सोमबार लघुवित्त पीडितहरू सरकारलाई माग पूरा गर्नका लागि दबाब दिन नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पसेका थिए ।

सरकारले सर्वसाधारणलाई सडकपेटीमा समेत हिँडडुल गर्न नदिन सोमबारदेखि नै सिंहदरबार, संसद् भवनलगायत क्षेत्र वरपर काँडेतार लगाएर बाटो बन्द गरेको थियो। सर्वसाधारण तथा नागरिक समाजबाट विरोध भएपछि बिहीबारदेखि काँडेतार पनि हटाइएका छन्।