काठमाडौं – पछिल्लो समय बैंकहरुको आधार दर (बेस रेट) घट्ने क्रम जारी । फागुनमा बैंकहरुको बेस रेट एकल अंकमा आइपुगेको छ। गत माघ महिनाका लागि बैंकहरुले कायम गरेको बेस रेट फागुनमा थप घटेको देखिएको छ।
फागुनमा वाणिज्य बैंकहरुको औसत बेस रेट ९.३४ प्रतिशत कायम भएको छ। गत माघ महिनाको तुलनामा भने शून्य दशवलव २१ प्रतिशत घटेको छ । गत माघमा बैंकहरुको बेस रेट औसत ९.५५ प्रतिशत रहेको थियो।
फागुन महिनामा तीन वटा बैंकहरुको मात्रै आधार दर १० प्रतिशत भन्दा माथि छ। तर, यी बाहेकका अन्य १७ वटा बैंकको आधार दर एकल अंकमै अर्थात् १० प्रतिशत भन्दा तल नै छ।
आधार दर घटेपछि कर्जाको ब्याजदर पनि सस्तिन थालेको छ। पछिल्लो समय बैंकहरुको प्रदान गर्ने निक्षेपको ब्याजदर पनि घट्दो ट्रेन्डमै छ ।
प्रतिक्रिया