जनउत्थान लघुवित्त लाभांश नदिने पक्षमा

जनउत्थान लघुवित्त लाभांश नदिने पक्षमा


काठमाडौं– जनउत्थान सामुदायिक लघुवित्त कम्पनीलाभांश नदिने पक्षमा पुगेको छ । कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले २०७९/२०८० कोअसार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय गरेको हो । यही निर्णयको स्वीकृतिका लागि कम्पनीले नेपाल राष्ट्र बैंकसमक्ष वित्तीय विवरणसहितको अनुमोदनको लागि प्रस्ताव पेस गरेको छ ।