काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने निर्णय गरेको छ । फागुन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आएको लाभांश वितरण गर्ने निर्णय गरेको हो।
चुक्तापुँजी ३ अर्ब २० करोड रुपैयाँ रहेको कम्पनीले कुल २५.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो । जसमा २३.८ प्रतिशतले हुन आउने ७६ करोड १६ लाख रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ १.२५२६ प्रतिशतले हुन आउने ४ करोड ८४ हजार २११ रुपैयाँ रहेको छ।
योसँगै कम्पनीले बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउन उक्त आर्थिक वर्षको लाभांश वितरणपछि हकप्रद जारी गर्ने निर्णय पनि गरेको छ। बोनस शेयर जारीपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ। सोही चुक्तापुँजीको १ः०.२७ को अनुपातमा अर्थात २७ प्रतिशत हकप्रद शेयर ल्याउने प्रस्ताव कम्पनीले गरेको छ।
कम्पनीका यी दुवै प्रस्ताव नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीहरुमा वितरण गरिनेछन् ।



About Us
प्रतिक्रिया