कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – कुमारी बैंकले ४ हजार ११५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना १ जना संस्थापक शेयरधनी रामकुमारी पौडेलको नाममा रहेको शेयर बिक्री खुला गरेको हो ।

उक्त शेयरमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ ।