काठमाडौं– नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले १० वर्षे अवधिको ऋणपत्र बाँडफाँड गरेको हो । १० प्रतिशत ब्याजदरको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ४० लाख ४० हजार कित्ता ऋणपत्र बैंकले बिक्री गरेको थियो ।
यसमध्ये विभिन्न व्यक्ति तथा संस्थालाई कुल कित्ता ऋणपत्रबाट ६० प्रतिशतले हुने २४ लाख २४ हजार बिक्री गरिएको छ । सर्वसाधारणमा भने बाँकी ४० प्रतिशत दरको १६ लाख १६ हजार कित्ता ऋणपत्र बिक्री गरिएको छ । कम्पनीले फागुन १ गतेदेखि ४ गतेसम्म ऋणपत्र निष्काशन गरेको थियो ।
प्रतिक्रिया