सांसद यादवको प्रश्न : जिवि राईलाई किन पक्राउ गरिएन ?

सांसद यादवको प्रश्न : जिवि राईलाई किन पक्राउ गरिएन ?


काठमाडौं – जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सहकारी ठगि प्रकरणमा संलग्न व्यक्ति  गितेन्द्रबाबु (जीबी) राई लगायतलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले जिवि राईको संलग्नता रहेको विरगञ्जको सानो पाइला वचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३५ करोड रुपैयाँ बचत लिएर भागेको बताए।

सांसद यादवले वीरगञ्जवासीले प्रहरीमा उजुरी दिएपनि हालसम्म छानविन अगाडी नबढेको बताए। राईले विना धितो वीरगञ्ज बाहिरका ७५ जनालाई ९४ करोड रुपैयाँ दिएको पनि भनाइ राखे । उनले हालसम्म प्रहरीले जिवि राई लगायतलाई किन पक्राउ गरिएन भनेर प्रश्न समेत गरे ।

सांसद यादवले राई लगायत सहकारी संस्थामा संलग्न सबैलाई कारबाही गर्नुपर्ने भनाइ राखे ।