लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा


काठमाडौं– लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले साधारणसभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आफ्नो प्रथम वार्षिक साधारणसभा आगामी चैत २ गते डाकेको हो। सभा पोखराको न्युरोडस्थित प्रधान कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

सभाकमा कम्पनीले आफ्नो ऐनमा रहेको कम्पनीको प्रकृतिअनुरुपको थप व्यवस्था तथा कम्पनीको नियमावली दफा ४९ मा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने निर्णय पनि गरेको छ । योसँगै प्रबन्धपत्र तथा नियमावलीको संशोधनमा सम्बन्धित निकायहरुबाट संशोधन, फेरबदल वा थपघट गर्न सुझाव वा निर्देशन प्राप्त भएमा सोबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्ने एजेण्डा अघि सार्दै बैंकले सभामार्फत सञ्चालक समितिको गठन र स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्ति गर्ने समेत जनाएको छ ।