मौसम खराब हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको जहाज केहीबेर होल्ड पछि अवतरण गरिएको छ । बिहीबार साँझ सामान्य वर्षासँगैको तुवाँलोले ‘भिजिबिलिटी’ कम भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान–अवतरण प्रभावित भएको थियो ।
त्रिभुवन विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार मौसम खराब हुँदा कतारको दोहाबाट आएको कतार एयरवेजको एउटा जहाज केही समय होल्ड गरेपछि अवतरण गरिएको हो भने भारतको नयाँ दिल्लीबाट आएको एक जहाज अवतरण गर्न नसकेपछि लखनऊ ‘डाइभर्ट’ गरिएको छ । आन्तरिकतर्फ यहाँबाट उडेका जहाज पुनः काठमाडौं नै फिर्ता भएपनि अहिले विमानस्थलको अवस्था सामान्य भएको छ ।
प्रतिक्रिया