काठमाडौं – आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सले आफ्नो स्वामित्वमा नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ । कम्पनीले उक्त शेयर आजदेखि बोलकबोलमार्फत बिक्रीमा ल्याएको हो।
शेयरको न्यूनतम प्रतिकित्ता मूल्य २८० निर्धारण गरिएको छ। उक्त शेयर खरिदका लागि पुनर्बिमा कम्पनीकै संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। आवेदन आगामी चैत १२ गतेभित्र दिन सकिनेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरे सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया