कान्तिपुर सहकारीका अध्यक्ष हिमाल बिक्रम मल्ल पक्राउ

कान्तिपुर सहकारीका अध्यक्ष हिमाल बिक्रम मल्ल पक्राउ


काठमाडौं – कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष हिमाल बिक्रम मल्ललाई सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका ३५० जना निक्षेपकर्ताले जाहेरी दिएको जाहेरीका आधारमा प्रहरीले अध्यक्ष मल्ललाई पक्राउ गरेको हो ।

कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका संचाहरुले निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरी बृत नयाँबानेश्वरमा २०८० जेठ २८ मा मुद्दा दर्ता भएको थियो । अध्यक्ष मल्ल फागुन १ मा पक्राउ परेका हुन् ।