नेपाल पुनर्बीमा कम्पनीले गर्यो सीईओका लागि दरखास्त आह्वान, योग्यता कति ?


काठमाडौं– नेपाल पुनर्बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त आह्वान रेको छ। सीईओका लागि खुला प्रतियोगिताबाट दरखास्त दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले बीमा ऐन, २०७९ बमोजिम न्यूनतम शैक्षिक योग्यता र अनुभव हासिल गरेका इच्छुक योग्य नेपालीले दरखास्त पेस गर्न सक्ने जनाएको हो । ।

इच्छुकले २१ दिनभित्र दरखास्त पेस गरेर शैक्षिक योग्यता, अनुभव, सम्पर्क ठेगाना (ई–मेल, टेलिफोन, मोबाइल नम्बर घर वा कार्यालयको ठेगाना) खुलेको विस्तृत वैयक्तिक विवरण, उम्मेदवार आफैँले प्रमाणित गरेको नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र, तालिम तथा अनुभवको कागजातको प्रतिलिपि, उम्मेदवारले ५ हजार शब्दमा नबढ्ने गरी व्यावसायिक कार्ययोजना चार प्रति र कार्यविधिको अनुसूची–२ बमोजिमको दरखास्त र कार्यविधिको दफा ६ बमोजिमको स्वयं घोषणा गरेको हुनुपर्ने जानकारी कम्पनीले दिएको छ । ।