बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या छिट्टै ठिक हुन्छ : कार्यबाहक गर्भनर ढुंगाना


काठमाडौं – नेपाल राष्ट्र बैंककी कार्यबाहक गर्भनर निलम ढुंगानाले बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या छिट्टै ठिक हुने बताएकी छिन् । महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै ढुंगानाले यस्तो बताएकी हुन्।

नेपालमा वित्तीय क्षेत्रको आकार र पहुंच विस्तार भएको, निजी क्षेत्रमा जाने कर्जा विस्तार भएको र अर्थतन्त्रका अधिकांश सूचक सकरात्मक देखिएकाले बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या पनि छिट्टै ठिक हुने कार्यबाहक गभर्नर ढुंगानाले बताएकी हुन् ।

उनले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि यसको समस्या देखिएको बताईन्। यद्यपी छिमेकी देशहरुको तुलनामा नेपलको एनपिएल कम नै रहेको जानकारी गराईन। पूँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिने उनको भनाई छ।