हिमालयन एभरेष्टका डेपुटी सीईओ गौतमले दिए राजीनामा


काठमाडौं – हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल गौतमले राजीनामा दिएका छन् । सीइओ गौतमको राजीनामा शुक्रबार सञ्चालक समितिले स्वीकृत गरेको हो ।

सीइओ गौतमले पदबाट बुधबार राजीनामा दिएका थिए । यसअघि उनी एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका थिए ।

उनले कार्यकाल सकिन डेढ वर्ष बाँकी रहँदा पदबाट राजिनामा दिएका हुन् । उनीसँग तीन दशक लामो बैंकिङ अनुभव छ ।