कठामाडौं– एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । वाण्ज्यि बैंकहरुसँग तुलना गर्दै बैंकले आफ्नो उपलब्धी विवरणमार्फत सार्वजनिक गरेको हो ।
बैंकले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार पुस मसान्तसम्म बैंकको तरलता अनुपात २७. २८ प्रतिशत देखिएको छ । यही अवधिमा बैंकको कर्जा–निक्षेप अनुपात ७७.१८ प्रतिशत रहेको विवरणमा उल्लेख छ ।
समग्र वाणिज्य बैंकसँग तुलना गर्दै बैंकले निकालेको विवरणअनुसार बैंकको कुल निक्षेप पुस मसान्तसम्म ३८ लाख १ हजार ३९७ रुपैयाँ रहेको छ । बैंकको कुल कर्जा ३० लाख २ हजार ६५६ रुपैयाँ रहेको विवरणमा उल्लेख छ । बैंकको वासलातको आकार भने ३८ लाख १ हजार ३९७ हजार रहेको देखिएको छ ।
पुस मसान्तसम्म बैंकको कुल बचत तथा चल्ति निक्षेपमा १३ लाख २ हजार ७१४ रुपैयाँ रहेको छ । यही अवधिमा प्रति शेयर आम्दानी भने २५.५९ को अनुपातमा देखिएको छ । प्रति शेयर नेटवर्थ २०५.१० छ । बैंकको स्वचालित पूँजीको प्रतिफल १२.७३ प्रतिशत देखिएको छ ।
यस्तै चालु आर्थिक वर्षमा बैंकको पुससम्म निष्क्रिय कर्जा अनुपात १.१९ प्रतिशत छ भने फागुन ३ गतेसम्मको प्रति शेयर बजार मुल्य रु. ४३३ रहेको बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया