काठमाडौं – प्रभु बैंकको रूकुम पश्चिमको आठबिसकोटस्थित रहेको शाखाका अपरेसन इन्चार्ज निराजन शाह एक कराेड बढी रकम हिनामिना गरी फरार भएका छन् । बैंकका अपरेसन इन्चार्ज शाह बचकर्ताकाे एक कराेड ३१ लाख २५ हजार रूपैयाँ हिनामिना गरी फरार भएका हुन् ।
रकम हिनामिना गरेकाे आरोपमा शाहविरूद्ध प्रभु बैंकको कर्णाली प्रदेश कार्यालयका इन्चार्ज शरद तिमिल्सिनाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिए ।
बैंकिङ्ग समाचारसँग कुरा गर्दै डिएसपी भट्टराईले भने, ‘ मंगलबार उजुरी परेसँगै हामीले आरोपित शाहलाई खोजिरहेका छौं, उहाँको मोवाइल अफ भएकाले लोकेशन ट्याक्क गर्न मिलेको छैन । उहाँको अन्तिम लोकेशन नेपाल भारतको सीमा नाकामा देखाएको हुनाले, भारत जानुभएको होकि भन्ने आशंका गरेका छौँ, खोजी कार्य जारी छ ।’



About Us
प्रतिक्रिया