स्वरोजगार लघुवित्तको साधारणसभा फागुन २६ मा

स्वरोजगार लघुवित्तको साधारणसभा फागुन २६ मा


काठमाडौं– स्वरोजगार लघुवित्त वित्तीय संस्थाले फागुन २६ साधारणसभा डाकेको छ । लघुवित्तले आफ्नो १५औँ वार्षिक साधारणसभा हात्तीसारस्थित नेपाल हाउसमा बिहान ११ः३० बजेबाट सुरु गर्नेछ । लघुवित्तको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो।

लघुवित्तले सभामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ७.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश रहेका छन्। सभामा सर्वसाधारणका लागि सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने विशेष प्रस्ताव लघुवित्तले पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत पनि गर्नेछ।