काठमाडौं– कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा आफू उत्कृष्ट रहेकोमा एनआईसी एशिया बैंकले दाबी गरेको छ । बैंकबारे सम्प्रेषण भइरहेका समाचार प्रति निरन्तर आपत्ति जनाइरहेको बैंकले बुधबार पुनः एक विज्ञप्ति जारी गदै भनेको छ, ‘यस बैंकका मुख्य सूचकांकहरू (सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत) मा वाणिज्य बैंकहरूमध्ये उत्कृष्ट मध्येमा सदैव पर्दै आएको र कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा यस बैंकको अवस्था अत्यन्त उत्कृष्ट रहेको एवम् बैंक प्रत्येक आर्थिक वर्षको प्रत्येक त्रैमासमा कर्जा असुलीका समग्र परिसूचकहरूमा सर्वोत्कृष्ट मध्येमा पर्दै आएको तथ्य सगौरव जानकारी गराउँदछौं ।’
विज्ञप्तिमा उल्लेख प्तिमा उल्लेख छ, ‘संस्थागत सुशासन, नियमनकारी व्यवस्थाहरूको परिपालना, Overall Financial Indicators मा बैंकको अवस्था, कर्जाको गुणस्तर तथा कर्जा असुलीको अवस्था, सञ्चालक समिति तथा बैंक व्यवस्थापनको कार्यकुशलता लगायत हरेक पक्षबाट हेर्दा यस बैंक सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने बैंकको Mission मा निरन्तर सफल हुँदै गइरहेको पुष्टी हुने तथ्य समेत सहर्ष जानकारी गराउँदै बैंक भित्र सञ्चालक समिति, उच्च व्यवस्थापन लगायत कुनै पनि तहमा कुनै पनि किसिमको असमझदारीको झिल्को समेत नरहेको र बैंकको सम्पूर्ण संरचना नै सदा झैं एकतावद्ध, दृढ, एवम् रुपान्तरणकारी हिसावले सबै सरोकारवालाहरूको हित संरक्षण र संवर्द्धन गर्न मन, वचन र कर्मले अहोरात्र खटिरहेको तथ्य समेत सम्पूर्ण सरोकारवालाहरूलाई प्रस्ट पार्दछौं ।’



About Us
प्रतिक्रिया