राष्ट्र बैंककाे कारबाहीमा परे ६ वित्त कम्पनीका सञ्चालक र सीईओ


काठमाडौं –नेपाल राष्ट्र बैंक,सुपरिवेक्षण विभागकाे कारबाहीमा ६ वटा वित्त कम्पनीका सञ्चालक, अध्यक्ष र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरु परेका छन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रयमास अवधिमा तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगर्ने, अनिवार्य नगद मौज्दात (सीआरआर) नराख्ने, कर्जारनिक्षेप अनुपात (सीडी रेसियो) कायम नगर्ने लगायत बैंक ऐन, २०५८ अनुसार नचल्ने कम्पनीहरूलाई केन्द्रीय बैंकले कारबाही गरेको हो ।

राष्ट्र बैँकको कारबाहीमा मुक्तिनाथ विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. परेका हुन् ।

(विवरण)