काठमाडौं– कुमारी बैंकको नयाँ सञ्चालक समिति गठन भएको छ । बैंकको २३औँ वार्षिक साधारणसभाले ६ जना सञ्चालक चयन गरेको हो ।
सञ्चालकमा संस्थापक शेयरधनी समूहबाट अमिरप्रताप जबरा, कर्मचारी सञ्चय कोषका प्रतिनिधि विजयकुमार श्रेष्ठ, पशुपति मुरारका, सर्वसाधारण शेयरधनी समूहबाट महेशप्रसाद पोखरेल, राजाराम खड्का र सर्वसाधारण शेयरधनी समूह महिलातर्फ सिम्रन अग्रवाल निर्वाचित भएका छन्।
काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आइतबार सम्पन्न वार्षिक साधारणसभाबाट उनीहरुलाई निर्वाचित गरिएको हो ।
.
प्रतिक्रिया