विमानस्थल घटनाका दोषीलाई कडा कारबाही हुन्छ : गृहमन्त्री


काठमाडाैं – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको हातपातको घटनाका दोषीलाई कडा कारबाही हुने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले उक्त घटना दुःखद् भएको निष्कर्ष निकाल्दै त्यसका दोषीमाथि कारबाही हुने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले सो घटनामा संलग्न असईसहित अन्य दुई जना प्रहरीलाई र अध्यागमनका कर्मचारीलाई त्यहाँबाट हटाएर विभागीय कारबाही गर्न छानविन समितिले सुझाव दिएकाले सोही अनुसारको कारबाही प्रक्रिया अघि बढ्ने समेत जानकारी दिए।