काठमाडौं– सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सोही विवरणअनुसार दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ९६.४८ प्रतिशतले बढेर २१ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो नाफा ११ करोड १८ लाख ३५ हजार रुपैयाँ थियो ।
कम्पनीको खुद बिमा शुल्कको आम्दानी पनि बढेको हो । उक्त आम्दानी १३७.०५ प्रतिशतले बढेर २ अर्ब ६२ करोड ६ लाख १३ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । अघिल्लो वर्षको यही अवधिमा खुद बिमा शुल्क १ अर्ब १० करोड ५४ लाख ९७ हजार रुपैयाँ थियो । यस वर्ष कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १६६.४१ प्रतिशतले बढेर ७४ करोड ४५ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।



About Us
प्रतिक्रिया