काठमाडौं– बजारमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंक आइतबार थप २५ अर्ब रुपैयाँ तान्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै बैंकले आज बैंकिङ्ग प्रणालीबाट २५ अर्ब निक्षेप तान्ने निर्णय गरेको थियो । यसको बोलकबोल ३ बजे हुनेछ ।
७ दिने निक्षेप संकलन उपकरणबाट बैंकले निक्षेप तान्न लागेको हो । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी तोकिएको कुल रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यसको साँवा तथा ब्याज भुक्तानी फागुन ६ गते गरिने राष्ट्र बैंकले जनाएको छ।



About Us
प्रतिक्रिया