काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले ‘मेरो घर कर्जा योजना’ ल्याएको छ । योजनाअनुरुप बैंकले घर खरिद, घर निर्माण तथा जग्गा खरिद गर्न बढीमा ५ करोडसम्म दिनेछ । कर्जाको ब्याजदर बेसरेटमा १.२० प्रतिशत प्रिमियम जोडिने बैंकले जनाएको छ ।
हाल बैंकको बेसरेट ८.२५ प्रतिशत छ । यसमा १.२० प्रतिशत प्रिमियम जोडेर बैंकले वार्षिक ९.४५ प्रतिशतसम्मको ब्याजदरमा कर्जा लगानी गर्नेछ।
कर्जा प्रशोधन तथा सेवाशुल्क भने एकपल्टका लागि कर्जा रकमको ०.२५ प्रतिशत लाग्नेछ। कर्जा रकम मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी अधिकतम २० वर्षका लागि उपलब्ध गराइने बैंकले जनाएको छ। यो कर्जा बैंकका सबै शाखाबाट लिन सकिनेछ।



About Us
प्रतिक्रिया