ग्रामिण विकास लघुवित्तले दोस्रो त्रैमाससम्ममा कमायो ९ करोड बढी नाफा


काठमाडौं – ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ करोड ६९ लाख नाफा कमाएको छ । संस्थाले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमा सो नाफा कमाएको देखिएको हो ।

गत आवको दोस्रो त्रैमासमा भने कम्पनी १२ करोड ५९ लाख घाटामा थियो । चालू आवमा कम्पनीको सञ्चालन नाफामा सुधार भएसँगै नाफामा भएको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा रू१२ करोड ५९ लाख ऋणात्मक रहेकोमा चालू आवमा ६ करोड ३३ लाख धनात्मक रहेको छ ।

त्यस्तै कम्पनीको निष्क्रिय कर्जा पनि गत आवको तुलनामा चालू आवमा घटेको छ । गत आवमा कम्पनीको निष्क्रिय कर्जा ८ दशमलव ९१ प्रतिशत रहेकोमा चालू आवमा ७ दशमलव ८३ प्रतिशतमा झरेको हो ।