काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडलेको मुनाफा र खुद नाफा दुवै घटेको छ। संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरणमा नाफा घटेको देखिएको हो ।
उक्त विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ४३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.५५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५५ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.५९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३४.९३ प्रतिशत र अन्य सञ्चालन आम्दानी ७.३५ प्रतिशत घटेको छ। खराब कर्जा बढेर ०.९४ प्रतिशतबाट २.९५ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज २४ करोड ८ लाख रुपैयाँ पुगेको छ।
पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ३१ पैसा रहेको छ।



About Us
प्रतिक्रिया