काठमाडौं– सूर्याज्योति लाइफ इन्स्योरेन्सको खुद नाफामा वृद्धि भएको छ । कम्पनीले दोस्रो त्रैमासिकको परिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ६३ प्रतिशत बढेको जानकारी दिएको छ ।
योसँगै चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म कम्पनीको खुद नाफा २३ करोड ६६ लाख ३० हजार रुपैयाँ पुगेकोछ । गत वर्षको यसै अवधिमा यस्तो नाफा १४ करोड ५२ लाख ३२ हजार थियो । कम्पनीको चुक्ता पूँजी भने ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया