काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन १ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने भएको हो ।
बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ निष्काशन गर्ने तयारी गरेको हो । जसअन्तर्गत ६० प्रतिशत अर्थात २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ बराबरको २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब ६१ करोड ६० लाख रुपैयाँ बराबरको १६ लाख १६ हजार कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ।
सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
उक्त ऋणपत्रमा फागुन ४ गतेसम्म आवेदन दिन सकिने छ । साे अवधिमा सम्पूर्ण कित्ता बिक्री नभएमा निष्काशन अवधि फागुन १५ गतेसम्म लम्बिने छ ।



About Us
प्रतिक्रिया