काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । बैंकको आज (माघ १९ गते) शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
गत वर्ष भने नेपाल इन्भेष्टमेन्ट बैंक र मेघा बैंकले नै लाभांश वितरण गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंकले तत्काल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत लाभांश वितरण गरेको थियो भने तत्काल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ३.८३ प्रतिशत नगद लाभांश गरि कुल ७।८३ प्रतिशत लाभांश वितरण गरेको हो ।



About Us
प्रतिक्रिया