मोटर बीमासम्बन्धी निर्देशन परिमार्जन गर्दै प्राधिकरण


काठमाडौ– नेपाल बीमा प्राधिकरण मोटर बीमासम्बन्धी निर्देशन, २०८० परिमार्जन गर्ने भएको छ। मंगलबार सूचना जारी गर्दै प्राधिकरणले मोटर बीमासम्बन्धी निर्देशनमा समसामयिक परिमार्जन गर्ने जानकारी दिएको हो ।

परिमार्जका लागि आवश्यक राय र सल्लाह-सुझाव लिखित रुपमा पेस गर्न प्राधिकरणले सरोकारवालाहरुसँग आग्रह समेत गरेको छ। आगामी फागुन १ गतेसम्म सरोकारवालाहरुले प्राधिकरणसमक्ष राय–सुझाव पेस गर्न सक्ने सूचनामा उल्लेख छ।