बैकिङ्ग समाचार ।
बैंकहरूले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासकोे वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । कोभिडकैबीच बैंकहरूले अधिकांश बैंकहरूले नाफा बढाएका छन् । बैंकहरूले व्यवसाय गर्न सकिएन, बैंकमा तरलता थुप्रियो भनिरहँदा अर्बभन्दा बढी नाफा कमाएका हुन् ।
आज बिहीबारसम्म वित्तीय विवरण २६ वटा वाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन् भने राष्ट्रिय वाणिज्य बैंक भने आफ्नो वित्तीय विवरण पेश गर्न सकेको छैन । चालु आवको वित्तीय विवरण प्रकाशित २६ बैंकहरूले जम्मा २९ अर्ब ८० करोड ६८ लाख रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको यो अवधिमा यी बैंकहरूले २८ करोड ०२ करोड ४३ लाख नाफा रुपैयाँ नाफा कमाएका थिए । बैंकहरूले कमाएको नाफा गत आवकोभन्दा ६.६४ प्रतिशतलेमात्र बढी हो ।
यी बैंकहरूमध्ये १२ वटा बैंकको नाफा अर्बभन्दा माथि छ भने अन्य बैंकले नाफा अर्बभन्दा कम नाफा गरेका छन् । बैंकहरू गरेको नाफा बढी देखिएपनि वितरण योग्य नाफा भने कम रहेको छ । सबैभन्दा बढी नाफा कमाएको ग्लोबल आईएमई बैंकको पनि वितरण योग्य मुनाफा कम छ ।
गत आर्थिक वर्षको सोही अवधिकोभन्दा नाफा बढाएका बैंकहरूमध्ये सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंक, एनआईसी एशिया र नबिल बैंकले कमाएका छन् । बैंकहरूको नाफा २ अर्बभन्दा बढी छ । चालु आवको यो अवधिमा ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । बैंकले यो अवधिमा २ अर्ब ३१ करोड ५१ लाख नाफा गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा जम्मा १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले कमाएको नाफा अन्य बैंकको भन्दा बढी भएपनि सामान्य मान्नु पर्ने हुन्छ । बैंकको चुक्ता पुँजीमात्रै २१ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । बैंकको वितरण योग्य मुनाफा भने १ अर्ब ४३ करोड २० लाख रुपैयाँ रहेको छ ।
ग्लोबल आईएमई बैंकपछि बढी नाफा आर्जन गर्ने बैंकको सूचीमा परेको एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ अर्ब ६ करोड ५ लाख नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको यो अवधिमा २ अर्ब १ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य मुनाफा ७२ करोड ८१ लाख रुपैयाँ रहेको छ ।
बढी नाफा कमाउने बैंकको तेस्रो सूचीमा परेको नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ अर्ब १ करोड नाफा कमाएको छ । बैंकले हाल कमाएको नाफा गन आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यो अवधिमा बैंकको नाफा २ अर्ब ४ करोड रुपैयाँ थियो । दोस्रो त्रैमासम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।
एक अर्बभन्दा बढी नाफा कमाउने बैंक
गत आवकोभन्दा कम नाफा कमाएका नेपाल बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंकले नाफा घटाएपनि अर्बभन्दा नाफा गरेर अर्बपतिको क्लबनै रहन सक्षम भएका छन् । यो अवधिमा नाफा बढाएर यो क्लबमा प्रवेश गरेको कुमारी बैंकले दोस्रो त्रैमाससम्म १ अर्ब २१ करोड ६५ लाख नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको यो अवधिसम्म बैंकको नाफा ८० करोड ३० लाख रुपैयाँमात्र थियो । बैंकले यो अवधिमा उल्लेख्य प्रगति गरेको छ । प्रभु बैंकले पनि यो वर्ष उल्लेख्य नाफा कमाएको छ । बैंकले चालु आवको यो अवधिमा १ अर्ब ५१ करोड ८६ लाख नाफा गरेको छ भने गएको आवमा बैंकको नाफा १ अर्ब ८ करोड रुपैयाँमात्र थियो । मेगा बैंकले पनि चालु आर्थिक वर्षमा उल्लेख्य नाफा गरेको छ । बैंकले यो अवधिमा १ अर्ब ३० करोड ४५ लाख नाफा गरेको हो । गत आवमा बैंकको नाफा ९५ करोड २ लाखमात्र थियो ।
प्रभु बैंक, नेपाल बंगलादेश बैंक, सिटिजन बैंक, र सनराइज बैंकले गत आर्थिक वर्षको भन्दा बढी नाफा कमाएका छन् भने सानिमा बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक,बैंक अफ काठमाडौं, एनसीसी, सेन्चुरी बैंक, सिभिल बैंक, लक्ष्मी सिद्धार्थ, बैंक अफ काठमाण्डूले पनि नाफा घटाएका छन् । कुमारी र प्राइम कमर्शियल बैंक, एनएमबी बैंकले योे उल्लेख्य प्रगति गर्दै अर्बपति क्लबमा उक्लिएको छ ।
प्रतिक्रिया