यस्तो छ आज अमेरिकी डलरको बिक्रीदर, अन्य देशको मुद्राको कति ?


काठमाडौं – आज एक अमेरिकी डलरको बिक्री मूल्य १५२.१९ रुपैयाँ कायम भएको छ। नेपाल राष्टर बैंकले आजको विनिमयदर तोक्दै एक डलरको बिक्रीदर १५२.१९ रुपैयाँ कायम गरेको हो। राष्ट्र बैंकका अनुसार आज एक डलरको खरिददर १५१.५९ रुपैयाँ कायम छ।

यस्तै, युरोको बिक्रीदर १७०.५७ रुपैयाँ र खदिरदर १६९.९० रुपैयाँ कायम छ भने पाउन्ड स्र्टलिङको बिक्रीदर २०२.८२ रुपैयाँ र खरिदर २०२.०२ रुपैयाँ कायम छ। राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलरको बिक्रीदर १०६.२४ र खरिददर १०५.८२ रुपैयाँ, जापानी येनको बिक्रीदर ९.६२ रुपैयाँ र खरिददर ९.५८ रुपैयाँ छ।

यसैगरी, चिनियाँ युआनको बिक्रीदर २२.७८ रुपैयाँ र खरिददर २२.६९ रुपैयाँ, साउदी रियालको बिक्रीदर ४०.५६ रुपैयाँ र खरिददर ४०.४० रुपैयाँ छ। कतारी रियालको बिक्रीदर ४१.७५ रुपैयाँ र खरिददर ४१.५९ रुपैयाँ कायम छ् भने यूएई दिरामको बिक्रीदर ४१.४३ र खरिददर ४१.२७ रुपैयाँ कायम छ।

मलेसियन रिंगटको बिक्रीदर ३७.२८ रुपैयाँ र खरिददर ३७.१३ रुपैयाँ कायम छ भने हङकङ डलरको बिक्रीदर १९.३९ रुपैयाँ खरिददर १९.३२ रुपैयाँ कायम छ।