काठमाडौं – आईसीएफसी फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा अमित श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनित पन्तको कार्यकाल असोज २४ गते समाप्त हुने भएपछि नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिइएको हो।
कम्पनीको असोज २३ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई असोज २५ गतेदेखि लागू हुने गरी सो पदको जिम्मेवारी दिने निर्णय गरेको हो।






About Us
प्रतिक्रिया