काठमाडौं – नेपालका अर्बपति उद्योगी तथा व्यापारी विनोद चौधरी नेपाली काँग्रेसको उपसभापतिको उम्मेदवार बनेका छन्। उद्योगपति चौधरीले काँग्रेसको १५ औँ महाधिवेशनमा समावेशीतर्फ उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन्।
चौधरी नेपालको प्रतिष्ठित व्यवसायीक घराना चौधरी समूहका संस्थापक हुन्। उनको लगानीमा नेपालको निजी क्षेत्रको सबैभन्दा पुरानो र पहिलो नबिल बैंक र वाईवाई चाउचाउ जस्ता उद्योग स्थापित र सञ्चालनमा छन्।
उनी चौधरी २०७० सालदेखि प्रत्यक्ष राजनीतिमा सक्रिय छन्। नेपाली काङ्ग्रेसमार्फत एक पटक प्रत्यक्ष सांसद समेत बनेका चौधरी यस पटकको चुनावमा भने पराजित बने। यद्यपि, नेपाली काँग्रेसको उप सभापतिकारुपमा आफूलाई अघि बढाउन लागेका हुन्।
यस क्रममा चौधरीले नेपाली काँग्रेसलाई अब आर्थिक क्रान्तिको नेतृत्व गर्ने पार्टीकारुपमा स्थापित गर्ने आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन्। जसको जगमा देशको आर्थिक विकासलाई संस्थागत गर्न सकियोस्।
चौधरीले बिपी कोइरालाको दूरदर्शी राजनीतिक सोच र सुवर्ण शमशेर जबराको आर्थिक विकाससम्बन्धी नीतिलाई संयोजन गर्दै काँग्रेसलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएका छन्। यसका लागि काँग्रेस सभापति गगनकुमार थापाले अघि सारेको सम्मुन्नत नेपाल निर्माणको सोचलाई कार्यान्वयनमा लैजान भूमिका खेल्ने लक्ष्य समेत राखेका छन्।
यस्तै, अर्थिक सुधारको प्रक्रिया अघि बढाउने, लगानीको वातावरण सहज बनाउने, प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने लगायतका एजेन्डा अघि बढाएका छन्। यसबाहेक, एआईको विकास, डिजिटल अर्थतन्त्र, स्टार्टअपको विकास, रोजगारी सृजना जस्ता एजेन्डालाई अघि सारेका छन्।






About Us
प्रतिक्रिया