काठमाडौं – संवेदनशील सूचना चुहावटसम्बन्धी आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक ९एआईजी० वंशीराज दाहालमाथि छानबिन गर्न अर्का एआईजी अन्जनीकुमार पोखरेललाई जिम्मेवारी दिइएको छ।
गृह मन्त्रालयले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत एआईजी पोखरेललाई जाँचबुझ अधिकृत तोकेको हो। मन्त्रालयले दाहालमाथि लागेको आरोपबारे जाँचबुझ गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न पोखरेललाई कार्यादेश दिएको छ।
मन्त्रालयले सशस्त्र प्रहरी नियमावलीमा रहेको व्यवस्थाअनुसार जाँचबुझ प्रक्रिया अघि बढाउन पोखरेललाई जिम्मेवारी दिएको जनाएको छ। दाहालमाथि सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको र पदीय आचरणविपरीत कार्य गरेको आरोपमा कारबाहीको सिफारिस गरिएको थियो।






About Us
प्रतिक्रिया